STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालले किनेको कोरोनाविरुद्धको खोप आज आइपुग्ने

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण ९, आइतबार

काठमाडाैं – नेपाल सरकारले किनेको कोरोना भाइरसविरुद्धको 'कोभिसिल्ड' खोपको पहिलो खेप आज काठमाडौं आइपुग्ने भएको छ ।

सरकारले भारतको सेरम इन्स्टिटुट अफ इन्डियाबाट उत्पादिन कोभिसिल्ड खोपको २० लाख डोज किन्न १७ फेब्रुअरीमा सम्झौता गरेको थियो । सम्झौताबमोजिमको पहिलो खेपमा १० लाख डोज खोप भोलि एयर इन्डियाको दिल्ली-काठमाडौं १:३० बजेको उडानमार्फत काठमाडौं आउने स्वास्थ्य तथ्या जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जनकारी दिए ।

खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरिने उनको भनाइ छ । उक्त खोप २३ फागुनदेखि संचालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयमा पठाइने मन्त्रालयले जनाएको छ ।

Categorized in स्वास्थ्य-मौसम