STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खोप लगाएका स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १५, शनिबार

पाल्पा / पाल्पामा कोरोना विरुद्धको खोप लगाएका तीनजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।

कोरोना विरुद्धको पहिलो खोप लगाएपछि स्वास्यमा समस्या देखिएपछि पिसिआर परीक्षण गर्दा युनाइटेड मिसन अस्पतालमा कार्यरत एकजना डाक्टर तथा तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाको स्वास्थ्य संस्थामा कार्यरत एक जना पुरुष तथा एक महिला गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

तीनैजना स्वास्थ्य मापदण्ड पूरा गरेर होम क्वोन्टिनमा बसेको र उनीहरुमा स्वास्थ्य समस्या समेत नदेखिएको सूचना अधिकारी पन्थीले बताए ।

कोरोना विरुद्धको पहिलो खोप लगाउँदैमा संक्रमण नहुने भन्ने नभएका कारण स्वास्थ्य सावधानी अपनाउन पनि स्वास्थ्य कार्यालयले जिल्लाबासीमा अनुरोध गरेको छ ।

Categorized in स्वास्थ्य-मौसम