STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १९१२ जनामा संक्रमण

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १३, सोमबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १५६७ जना, भक्तपुरका १२२ जना र ललितपुरका २२३ जना गरी १९१२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २९३ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

आज १२ हजार ४०० को पीसीआर गर्दा ३ हजार ४४२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा ११४ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोन संक्रमितको कुल संख्या ३ लाख ३५ हजार ६१ पुगेको छ । कुल संक्रमितमध्ये २२ हजार ४३४ जना सक्रिय संक्रमित रहेका छन् ।

आज ३७८ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ९५१ रहेको छ ।

आज थप १२ जनाको संक्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १७६ पुगेको छ ।

Categorized in स्वास्थ्य-मौसम