STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एकैदिन ५७६३ जनामा संक्रमण पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १८, शनिबार

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

१४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा संक्रमण देदिएयता एकैदिनमा पहिचान भएका सबभन्दा धेरै संक्रिमित संख्यमा हो ।

यसअघि पहिलो लहरमा ५ कात्तिकमा एकैदिनमा ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो भने दोस्रो लहरमा शुक्रबार ५ हजार ७२९ मा संक्रमण देखिएको थियो ।

संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।

नेपालमा थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सभापति देउवाले कोरोनाका कारण मृत्यु हुनेको संख्यामा वृद्धि हुँदै गएको र संक्रमणसंगै आइसीयू, बेड तथा अक्सिजनको अभाव देखिन थालेको अवस्थामा सरकार गैर जिम्मेवार ढंगबाट मुखदर्शक बनेको आरोप लगाएका छन् ।

Categorized in स्वास्थ्य-मौसम