STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

२४ घण्टामा हालसम्मकै धेरै ३७ जना संक्रमितको मृत्यु, सर्वाधिक ७ हजार ४ सय ४८ संक्रमित थपिए

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २०, सोमबार

नेपालमा आज थप कोरोना संक्रमित र मृत्यु हुने संख्यामा नयाँ रेकर्ड बनेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै ३७ जना संक्रमितको एकैदिन ज्यान गएको छ भने आजै सर्वाधिक ७ हजार ४ सय ४८ संक्रमित थपिएका छन् ।

योसँगै हालसम्म ज्यान गुमाउने संक्रमितको संख्या ३ हजार ३ सय ६२ पुगेको छ भने हालसम्म संक्रमित हुनेहरुको कुल संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् । देशभर थप ७ हजार ४४८जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।


१७ हजार १ सय ७६ जनाको कोरोना परीक्षण गर्दा आरटीपीसीआरबाट ७ हजार ३ सय ८८ र एन्टीजेन परीक्षणबाट ६० जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै २४ घण्टामै २ हजार २१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या पनि दिनदिनै बढिरहेका छन् । आजसम्म विभिन्न आइसोलेसनमा पुष्टि भएका केसहरुको संख्या ५४ हजार नाघेको छ । देशभर कुल सक्रिय संक्रमित ५४ हजार ४१ जना रहँदा २१२ जना क्वारेन्टिनमा रहेका छन् ।

Categorized in स्वास्थ्य-मौसम