STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप ७ हजार २११ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए ३ हजार ५९५ जना संक्रमित

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १९, आइतबार

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यीमध्ये काठमाडौं उपत्यकामा  मात्र थप ३ हजार ५९५ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ५९५ जना कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौंमा २७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना पुष्टि भएको छ ।

आइतबार देशभर ७२७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in स्वास्थ्य-मौसम