STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्य संकटकाल’ लगाउने विषयमा स्वास्थ्य मन्त्रालयले गृहकार्य थाल्याे

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १९, आइतबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ लगाउने विषयमा गृहकार्य थालेको छ । हो ।

‘स्थिति जटिल छ । बिरामीले अस्पतालमा बेड नपाउने अवस्था छ’, मन्त्रालय स्रोतले भन्यो, ‘स्वास्थ्य संकटकाल लगाउन जरुरी छ । यसबारे मन्त्रालयले होमवर्क गरिरहेका छाैं ।’

निषेधाज्ञा लगाएर पनि महामारी नियन्त्रण गर्न कठिन बन्दै गएकाले स्वास्थ्य संकटकालको प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने मन्त्रालयले तयारी गरेको हो । कोरोनाको पहिलो लहरमा पनि मन्त्रालयले स्वास्थ्य संकटाकालको प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेको थियो । तर पास भएको थिएन । पहिलाे लहरमा संक्रमितको संख्या २ हजार र मृतकको संख्या १० पुगेपछि मन्त्रालयले संकटकालको प्रस्ताव लगेको थियो ।

तर, दोस्रो लहरमा आइपुग्दा एकै दिन आइतबार नै ७ हजार २ सय ११ जना संक्रमित थपिए भने २७ जनाको मृत्यु भयो । हालसम्म ३ लाख ३६ हजार ३० जना संक्रमित हुँदा ३ हजार ३ सय २५ जनाको मृत्यु भएको छ । एक्टिभ संक्रमित ४८ हजार ७ सय ११ जना पुग्दा २ लाख ८३ हजार ९ सय ९४ जना निको भएका छन्  ।

स्वास्थ्य मन्त्रालयले संक्रमण उच्च गतिमा बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने स्पष्ट पारिसकेको छ । यसको मतलव अब स्वास्थ्य संकटकाल लगाउनुको विकल्प छैन भन्ने मन्त्रालयको निष्कर्ष हो ।

Categorized in स्वास्थ्य-मौसम