STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थपिए ५७ सय २७ कोरोना संक्रमित, उपत्यकामा मात्र २९ सय ५६ जनामा संक्रमण

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १७, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा ५७ सय २७ कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा मात्रै एकैदिन २९ सय ५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा २४ सय ४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज काठमाडौंपछि सबैभन्दा धेरै संक्रमित रूपन्देहीमा देखिएका छन् । यहाँ ४७३ जनामा कोरोना पुष्टि हुँदा  बाँकेमा ४२२ संक्रमित थपिएका छन् । त्यस्तै आज दाङमा २५२, मोरङमा १६१ र पर्सामा १५३ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १२ जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने १० जिल्लामा २०० भन्दा बढी संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर र ५२५ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २३ हजार १८७ पुगेको छ । यीमध्ये ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।

आज ९२८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८१ हजार ९५ पुगेको छ । संक्रमणमुक्त हुने दर ८६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज कोरोना संक्रमणबाट ३३ जनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म ३ हजार २७९ जनाले ज्यान गुमाएका छन् ।

Categorized in स्वास्थ्य-मौसम