STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एकै दिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ५, बुधबार

काठमाडौं - आज देशभर ८१७३ कोरोना संक्रमित थपिएका छन् भने २१४ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा थप १९ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा २७० र भक्तपुरमा २२८ संक्रमित थपिएका छन् । आज काठमाडौं उपत्यकामा मात्रै २४८६ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ ।

Categorized in स्वास्थ्य-मौसम