STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ५, बुधबार

काठमाडौं - नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो ।

भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १।६१७।२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १।६१७।२ पुष्टि भएको छ ।

यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।

Categorized in स्वास्थ्य-मौसम