STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोरोना संक्रमणबाट थप २०३ जनाको मृत्यु, थप ८५२० जनामा संक्रमण पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ३१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट थप २०३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप २०३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर ६ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८ हजार ५२० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ४७८ जनाको पीसीआर र एन्टिजेन गर्दा गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

आज ६ हजार १३५ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । आज देशभर १ लाख ३३६ हजार सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै २०३ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । नेपाली सेनाले शव व्यवस्थापन गरेको तथ्यांक अद्यावधिक गर्दा यति संख्यामा संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Categorized in स्वास्थ्य-मौसम