STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप ९३०५ जनामा कोरोना पुष्टि, उपत्यकामा थपिए ३९ सय २४ जना, १६८ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २९, बुधबार

नेपालमा थप ९३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ९३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।

यसैगरी विगत २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९ सय २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  

उनका अनुसार काठमाडौंमा ३२५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा कोरोना पुष्टि भएको छ ।

Categorized in स्वास्थ्य-मौसम