STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थपिए ९ हजार २४७ कोरोना संक्रमित, २१४ संक्रमितको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ३, सोमबार

नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २४७ कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी आज थप २१४ संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित भेटिएका छन् ।

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ ।

आज थप ५ हजार ७६७ संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

नेपालमा अहिले २७ लाख ९२ हजार ६७३ नमुनाको परीक्षण गर्दा ४ लाख ६४ हजार ३१८ जनामा कोरोना पुष्टि भएको छ । कुल संक्रमितमध्ये ३ लाख ४५ हजार ५२३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म ५ हजार २१५ जनाको संक्रमणबाट ज्यान गएको छ ।

Categorized in स्वास्थ्य-मौसम