STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आजको मौसम : अधिकांश स्थानमा पानी पर्ने, केही क्षेत्रमा भारी वर्षा

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १८, शुक्रबार

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  केही स्थानमा  मेघ गर्जनसहित भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुन सक्ने जनाएको छ ।

आज देशभर बदली रही प्रदेश  १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने छ ।

देशभर मनसुनी  वायुको  सक्रिय प्रभाव रहेको जानकारी दिँदै महाशाखाले तराई भू-भागनजिक  मनसुनी न्यूनचापीय रेखा रहेको जनाएको छ । अहिले देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा पानी परिरहेको जनाएको छ ।

भोलि देशभर बदली रही प्रदेश  १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्न सक्ने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै आइतबार देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

Categorized in स्वास्थ्य-मौसम