STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज देशका अधिकांश स्थानमा वर्षा, सतर्कता अपनाउन अनुरोध

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १९, शनिबार

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा पानी पर्ने छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । त्यस्तै प्रदेश २ र बागमती  प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

आज देशका अधिकांश स्थानमा बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने छ । आज राति प्रदेश १, प्रदेश २ र गण्डकी  प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।

भोलि देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने अति भारी वर्षाको सम्भावना छ ।

त्यस्तै सोमबार देशका अधिकांश स्थानमा बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

Categorized in स्वास्थ्य-मौसम