STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

१८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २९ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २४, बिहिबार

काठमाडौं - पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा ५३७४ पीसीआर परीक्षण गर्दा १२१८ जना र ५१३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १२८६ जना निको भएका छन् ।

Categorized in स्वास्थ्य-मौसम