STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

५५ वर्षमाथिकालाई जोन्सन एण्ड जोन्सन खोपमा प्राथमिकता

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २७, आइतबार

सरकारले चीनबाट खरिद गरेको ८ लाख डोज भेरोसेल खोप शुक्रबार नेपाल आइपुग्यो । सोही दिन नै खोप प्रदेश प्रदेशमा पुर्‍याइएको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार खोप हेटौँडा, बुटवल र पोखरा पुर्‍याइएको छ । सोमबार अमेरिकाबाट कोभ्याक्समार्फत १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप पनि नेपाल आउँदै छ ।

खोप प्राप्ति भएसँगै कुन उमेर समूह र कसलाई लगाउने भन्नेमा स्वास्थ्य मन्त्रालयले तयारी थालेको छ । मन्त्रालयले ५५ वर्षमाथिका र जोखिममा रहेका उमेर समूहलाई प्राथमिकतामा राखेको जनाएको छ । ‘प्राथमितामा परेमा उमेर समूह, जोखिममा रहेका व्यक्ति, अपाङ्गता भएका, विभिन्न पेसाकर्मीलाई समेट्नेछौँ । मन्त्रालयले निर्णय गर्छ । अब खोप अभियान नियमित हुन्छ,’ मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले भने ।

जोखिम समूहलाई लगाएर उमेर समूहमा खोप लगाउन थालिएको उनले बताए । ‘जोखिम समूहलाई लगाएर उमेर समूहलाई लगाउन थालिएको छ । ६० देखि ६४ वर्षकाले पूर्ण खोप पाएका छैनन् । यो समूहलाई पूरा गरेपछि ५५ वर्षमाथि ६० वर्षसम्मका व्यक्तिलाई जाने हो,’ उनले भने ।

पहिलो डोज कोभिसिल्ड खोप लगाएका ६५ वर्षमाथिका लागि दोस्रो डोज लगाउन पहल गरिरहेको मन्त्रालयले जनाएको छ । ‘६५ वर्षमाथिकाले पहिलो डोज लगाएर दोस्रो डोज पाएका छैनन्,’ मन्त्रालयका प्रवक्ता डा. पौडेलले भने, ‘दोस्रो डोज लगाउनलाई प्रयास गरिरहेका छौँ ।’

Categorized in स्वास्थ्य-मौसम