STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप ३९३८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २१, बिहिबार

नेपालमा थप ३ हजार ९ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा सबैभन्दा बढी ७६६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, ललितपुरमा १६३ र भक्तपुरमा १४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०१२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३७ जनाको मृत्यु भएको छ ।

Categorized in स्वास्थ्य-मौसम