STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थपिए ४१ सय कोरोना संक्रमित, थप ३५ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २०, बुधबार

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार २९८ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

सोही अवधिमा नेपालमा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेको छ ।

बुधबार देशभरबाट एक हजार ५ सय ३५ जना कोरोनामुक्त भएका छन् ।

Categorized in स्वास्थ्य-मौसम