STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थपिए ३८ सय संक्रमित, थप ३५ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १३, बुधबार

देशभर पछिल्लो २४ घण्टामा ३ हजार ८४० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ८०८ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना निको भएका छन् भने थप ३३ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा ८५९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज संक्रमण पुष्टि हुने दर २४.२ प्रतिशत रहेको मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले जानकारी दिए । उनले नेपालमा कोरोना भाइरसको संक्रमण दर बढिरहेको जानकारी दिँदै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् ।

आज देशभर २९ हजार ४४४ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा ७ लाख ४६ हजार ६५७ जनामा संक्रमण पुष्टि भएकोमा ६ लाख ४९ हजार ७२ जना संक्रमण मुक्त भएका छन् । कुल ९ हजार ७७१ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

Categorized in स्वास्थ्य-मौसम