STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पूर्ण रूपमा बाहिरियो यो वर्षको मनसुन

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन २६, मंगलबार

नेपालबाट यो वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएको छ । सोमबार बेलुका पूर्ण रुपमा यो वर्षको मनसुन बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार शुक्रबार नेपालको सुदूर पश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट मनुसन बहिर्गमन भएको थियो ।

सोमबार भने समग्र भू–भागबाट मनसुन बाहिरिएको महाशाखाले जनाएको छ । 

यस्तै आज देशभरको मौसममा सामान्यतया सफा देखि आंशिक बदली रहने मौसमविद्ले जानकारी दिएका छन् । 

पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

अहिले बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

आज राति पनि देशभर सामान्यतया सफा देखि आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

हाल नेपालमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाले जनाएको छ । 

Categorized in स्वास्थ्य-मौसम