STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संक्रमण दर ९ प्रतिशतमा झर्‍यो

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २७, आइतबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भयो । ११ हजार १८ जनाको परीक्षण गरिएको थियो । पछिल्ला दिनमा संक्रमितको संख्या ओरालो लागेको छ । कारण भने अहिले नै भन्न नसकिने बताउँछन्, मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल । 

‘हिजो १० प्रतिशत थियो हिजो । आज ९ प्रतिशत छ संक्रमणदर । संक्रमितको संख्या ओरालाे लागेको छ तर कारण अहिले नै भन्ने स्थिति छैन,’ उनले भने । 

परीक्षण कम भएका कारण संक्रमितको संख्या पनि कम भएको तर्क उनको छ । ‘हिजो शनिबार भएकाले आज घटेको देखिएको हो । टेस्ट पनि कम भएको छ । संक्रमितको संख्या पनि कम भएको छ,’ उनले भने, ‘सामान्य लक्षण भएकाहरू परीक्षण गर्न आएका छैनन् । हस्पिटल आउनै पर्ने मात्र परीक्षण गर्न आएका छन् ।’ 

मन्त्रालयको तथ्यांकभन्दा धेरै संक्रमित रहेको मन्त्रालयको बुझाइ छ । ‘कन्ट्याक्ट ट्रेसिङ भएको छैन । वास्तविक संख्या यो भन्दा धेरै छ,’ उनले भने ।  नयाँ भेरियन्ट नदेखिए पनि जोखिम कायमै रहेको उनले बताए । ‘अहिले नयाँ भेरियन्ट देखिएको छैन । डेल्टा भेरियन्ट नै घुमिरहेको छ । मापदण्ड भुल्ने बेला भएको छैन । जोखिम कायमै छ,’ उनले भने ।

Categorized in स्वास्थ्य-मौसम