स्वास्थ्य-मौसम
-
२०७८ माघ २१, शुक्रबार
आज चट्याङसहित पानी पर्ने र हिमपातकाे सम्भावना
माघ २१, काठमाडौं - आज देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा ठूलै पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको हुन सक्छ । भाेलि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा...
-
२०७८ माघ २०, बिहिबार
शनिबारसम्म वर्षा र हिमपातको सम्भावना
माघ १९, काठमाडौँ - पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाबले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुन सक्नेछ । त्यस्तै बागमती, मधेस प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने मौसम...
-
२०७८ माघ १८, मंगलबार
थप ५ हजार ५८३ जनामा कोरोना पुष्टि, नौ जनाको मृत्यु
माघ १८, काठमाडौं - नेपालमा थप ५ हजार ५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमूना परीक्षण गर्दा थप ५ हजार ५८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, काठमाडौंमा १४०४, ललितपुरमा ३०८ र भक्तपुरमा १९५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार २ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने नौ...
-
२०७८ माघ १८, मंगलबार
थप ५ हजार २९२ जनामा कोरोना संक्रमण
माघ १७, काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार २९२ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा यती संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप ८ हजार १९१ जना संक्रमित कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार एकैदिन थप ८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हाल ७९ हजार २७२ सक्रिय संक्रमित रहेका छन्।
-
२०७८ माघ १६, आइतबार
कोरोनाबाट थप ३२ जनाको मृत्यु
माघ १६, काठमाडौं - नेपालमा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण देखिएको छ। एकैदिन थप ३२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। देशभरि १३ हजार १४५ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा थप ६ हजार ३५९ जना संक्रमित कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार नेपालमा हाल ८३ हजार ९९९ सक्रिय संक्रमित रहेका छन्।
-
२०७८ माघ १५, शनिबार
थप ४ हजार ९ सय ४ जनामा कोरोना पुष्टि
माघ १५, काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या धेरै भएको छ । चार हजार नौ सय चार जनामा कोरोना संक्रमण पुष्टि भएको र पाँच हजार नौ सय २४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १४ हजार ५६२ परीक्षण हुँदा ४ हजार ९०४ जना संक्रमित थपिएको शनिबार जानकारी दिएको हो । १० हजार...
-
२०७८ माघ १५, शनिबार
भेरोसेल खोप लगाएकालाई कोभिसिल्डको बुस्टर डोज
माघ १५, काठमाडौं - सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो । विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा मन्त्रीस्तरीय निर्णयले ६० वर्षभन्दा माथिका व्यक्तिहरुलाई कोभिडविरुद्धको बुस्टर प्रदान गर्दा पहिला (दोस्रो र पहिलो मात्रा) अन्तर्गत कोभिसिल्ड–...
-
२०७८ माघ १४, शुक्रबार
थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि
माघ १४, काठमाडौं - पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५ हजार ४३५ जना कोरोना...
-
२०७८ माघ १२, बुधबार
थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि
माघ १२, काठमाडौं - पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने ४...
-
२०७८ माघ १२, बुधबार
आजकाे बदली र वर्षाकाे सम्भावना
माघ १२, काठमाडौं - देशभर आज (बुधबार) काे माैसममा आंशिकदेखि सामान्यतया बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेकाे छ । अहिले बिहान सुदूरपश्चिम र गण्डकी...
-
२०७८ माघ ११, मंगलबार
थप १२ हजार ८ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु
माघ ११, काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २५ हजार आठ सय नौ जनाको नमुना परीक्षण गर्दा ४६ दशमलव ३४ प्रतिशत अर्थात् १२ हजार आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोरोना सङ्क्रमणका कारण थप आठ जनाको ज्यान गएको छ । आज ज्यान गुमाएकासहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ६७...
-
२०७८ माघ ११, मंगलबार
टेकु अस्पतालमा खोप अभियान पुनः सुरु
माघ ११, काठमाडौं - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताइन् । उनका अनुसार आज बिहान १० बजेदेखि खोप अभियान सुरु भएको हो । आइतबार...


