STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप ४ हजार ९ सय ४ जनामा कोरोना पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १५, शनिबार

माघ १५, काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या धेरै भएको छ ।

चार हजार नौ सय चार जनामा कोरोना संक्रमण पुष्टि भएको र पाँच हजार नौ सय २४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १४ हजार ५६२ परीक्षण हुँदा ४ हजार ९०४ जना संक्रमित थपिएको शनिबार जानकारी दिएको हो । १० हजार १०१ पीसीआर परीक्षण गर्दा ३ हजार ३१८ मा संक्रमण पुष्टि भएको र ४ हजार ४६१ मा एन्टिजेन परीक्षण हुँदा १ हजार ५८६ मा पोजिटिभ देखिएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै एक हजार ८ सय २० जना संक्रमित थपिएका छन्। काठमाडौंमा १४०४, भक्तपुरमा १११ र ललितपुरमा ३०५ संक्रमित थपिएका छन्। यस्तै काठमाडौं उपत्यकामा ५२ हजार ७६४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३७०३४, ललितपुरमा १०१२५ र भक्तपुरमा ५६०५ सक्रिय संक्रमित छन्।

२४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ । २४ घण्टामा २ लाख ७२ हजार ७४८ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । यस्तै सक्रिय संक्रमितको संख्या भने ८७ हजार ३२९ पुगेको छ ।

Categorized in स्वास्थ्य-मौसम