STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप ५ हजार ५८३ जनामा कोरोना पुष्टि, नौ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १८, मंगलबार

माघ १८, काठमाडौं - नेपालमा थप ५ हजार ५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमूना परीक्षण गर्दा थप ५ हजार ५८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, काठमाडौंमा १४०४, ललितपुरमा ३०८ र भक्तपुरमा १९५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार २ सय ६७  जना कोरोना संक्रमणमुक्त भएका छन् भने नौ जनाको मृत्यु भएको छ।

योसँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७४ हजार ६ सय  ५३ पुगेको छ ।

Categorized in स्वास्थ्य-मौसम