STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १२, बुधबार

माघ १२, काठमाडौं - पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ जनाको मृत्‍यु भएको छ भने ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ५४ हजार ८८ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६७२ पुगेको छ भने ८ लाख ३१ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभरमा ९०  हजार ६७ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार २४८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५१ जना आईसीयू र ४८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ९८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २६९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा थप २ हजार ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २,०४१, ललितपुरमा ५६६ र भक्तपुरमा २९३ जनामा कोरोना संक्रमण देखिएको हो ।

Categorized in स्वास्थ्य-मौसम