STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आजकाे बदली र वर्षाकाे सम्भावना

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १२, बुधबार

माघ १२, काठमाडौं - देशभर आज (बुधबार) काे माैसममा आंशिकदेखि सामान्यतया बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेकाे छ । अहिले बिहान सुदूरपश्चिम  र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ ।

आज राति पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान माैसमविद्हरूले गरेका छन् ।

देशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको माैसमविद्ले जानकारी दिएका छन् ।

Categorized in स्वास्थ्य-मौसम