relans
ni new 83
nib 2082 5

कोरोनाबाट थप ३२ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १६, आइतबार

माघ १६, काठमाडौं - नेपालमा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण देखिएको छ। एकैदिन थप ३२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

देशभरि १३ हजार १४५ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा थप ६ हजार ३५९ जना संक्रमित कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार नेपालमा हाल ८३ हजार ९९९ सक्रिय संक्रमित रहेका छन्।

Categorized in स्वास्थ्य-मौसम
ppp 2