STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्य-मौसम

  • २०७८ पौष २७, मंगलबार

    एकैदिन थपिए २,४४४ कोभिड संक्रमित

    पुस २७, काठमाडौं - पछिल्लो २४ घण्टामा दुई हजार ४४४ जनामा कोभिड संक्रमण देखिएको छ । पन्ध्र हजार ३३ नमुनाको परीक्षण गर्दा दुई हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो । आज १ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ ।त्यस्तै आज ३१३ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या ९ हजार ५२२ पुगेको...

  • २०७८ पौष २४, शनिबार

    २४ घण्टामा कोरोना संक्रमित ९४४ पुगे

      २४ पुस, काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य छ। हालसम्म देशभर ११ हजार ६०२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। शनिबार २९७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ६ हजार १४० सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ९ हजार ७६२ पीसीआर तथा ३ हजार ५०२ एन्टिजेन...

  • २०७८ पौष १८, आइतबार

    ओमिक्रोन फैलिने जाेखिम बढ्यो, भिडभाड रोक्नू र मास्क अनिवार्य गराउनू - स्वास्थ्य मन्त्रालय

    पुस १८, काठमाडौं - इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाले कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम बढेकाले सतर्कता अपनाउन पालिका, जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयहरूलाई अनुरोध गरेको छ ।  ‘हालसम्म पनि यस महामारीको विश्वव्यापी जोखिम कायमै रहेको सन्दर्भमा थप संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा समेत भित्रिनुले सबै निकाय अझ सर्तक र पूर्वतयारीका साथ रहनु अपरिहार्य देखिन्छ,’ महाशाखाको...

  • २०७८ पौष ११, आइतबार

    चिसो अझै बढ्ने, हल्का वर्षा र हिमपातको सम्भावना

      १० पुस, काठमाडौं - पछिल्ला दिनमा राजधानी काठमाडौं उपत्यकासहित देशैभर चिसो बढिरहेको छ । दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औंल्याएका छन् । दुई दिनयता राजधानीसहित देशभर फेरि बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको विवरणमा एक साताको अवधिमा न्यूनतम दुईदेखि चार डिग्रि र अधिकतम तापक्रम १६, १८ तथा २० हाराहारी थियो । शनिबार...

  • २०७८ पौष ७, बुधबार

    नेपालमा थप एक जनामा ओमिक्रोन पुष्टि

    ७ पुस, काठमाडौं - नेपालमा थप एक जनामा ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‍ंख्या मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्राले ९८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको बताइन् । मन्त्रालयको कोरोनासम्बन्धी प्रेफ ब्रिफिङमा बुधबार प्रवक्ता डा मिश्राले संक्रमित व्यक्ति घरमै आइसोलेसनमा रहेको र उनीसँग सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसि‌ङ भइरहेको बताइन् । हालसम्म २ हजार ३८ जना नियमित जीन सिक्वेन्सिङ...

  • २०७८ मङ्सिर २८, मंगलबार

    चीनमा पनि देखियाे ओमिक्राेन भेरिएन्ट

    २८ मंसिर, एजेन्सी - चीनमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको छ । उत्तरी शहर तियानजिङमा पहिलो संक्रमित फेला परेका हुन् । विदेशबाट आएका एक व्यक्तिमा डिसेम्बर ९ गते ओमिक्रोन पुष्टि भएको चिनियाँ अधिकारीले बताएका छन् । हाल क्वारेन्टीनमा राखेर संक्रमित व्यक्तिको उपचार भइरहेको छ । पूर्वी प्रान्त झेजियाङमा पछिल्ला हप्ता डेल्टा भेरियन्टका संक्रमित बढिरहेको देखिन्छ । डेल्टा...

  • २०७८ मङ्सिर २३, बिहिबार

    पुस ४ गतेदेखि बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप दिइने

    २३ मंसिर, काठमाडौं - १२ देखि १८ वर्षसम्मका १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाका लागि विद्यालयमै मोडर्ना र फाइजर खोप लगाउने निर्णय गरेको हो। स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा १२ देखि १७ उमेर समूहका बालबालिकालाई पहिलो चरणको खोप दिइने बताए । त्यसैगरी दोस्रो चरणको खोप माघ २...

  • २०७८ मङ्सिर २२, बुधबार

    विद्यार्थीको लागि विद्यालयमै खोप केन्द्र

    मंसिर २२, २०७८ - सरकारले विद्यार्थीको लागि लक्षित गरेर विद्यालयमै खोप केन्द्र राख्ने भएको छ । मोडर्ना र फाइजरको खोप १२ देखि १८ वर्षसम्मका बालबालिकालाई लगाउने सरकारको तयारी छ । ‘१२ देखि १८ वर्षसम्मका लगि विद्यालयमै खोप केन्द्र राख्ने तयारी छ,’ परिवार कल्याण महाशाखाका प्रमुख डा‍. विवेककुमार लालले भने । विद्यार्थीका लागि लगाइने कोरोना भाइरसविरुद्धको मोडर्नाकाे १४ लाख ९७ हजार डोज खोप बिहीबार नेपाल...

  • २०७८ मङ्सिर २२, बुधबार

    नेपालमा ओमिक्रोन भेरियन्ट देखिएका दुईजना संक्रमणमुक्त

    नेपालमा ओमिक्रोन भेरियन्ट देखिएका दुईजना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार गरिएको कोरोना परीक्षणमा ६६ र ७१ वर्षका दुवै विदेशी नागरिकको रिपोर्ट नेगेटिभ आएको छ ।  स्वास्थ्य मन्त्रालयले अफ्रिका हुँदै ३ मंसिरमा नेपाल आएका दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताएको थियो । उनीहरूको सम्पर्कमा रहेका ६६ जनाको पीसीआर रिपोर्ट...

  • २०७८ मङ्सिर २०, सोमबार

    नेपालमा भेटियाे कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन

    नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि यो नयाँ भेरियन्ट फेला परेको पुष्टि गरेको हो ।  मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले दुई जनामा ओमिक्राेन भेरियन्ट पुष्टि भएकाे बताए ।  उनका अनुसार संक्रमित मध्ये एक जना ६६ वर्षका छन् । उनकाे सम्पर्कमा रहेका अर्का एक जनालाई पनि संक्रमण पुष्टि भएकाे हाे । उनीहरू दुवै जना विदेशी...

  • २०७८ मङ्सिर ११, शनिबार

    तीव्ररुपमा फैलिँदै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन : सर्तकता अपनाउन आग्रह

    काठमाडौं: -दक्षिण अफ्रीकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएसँगै विश्वमै तरंग ल्याएको छ। यतिबेला शक्तिशाली देश अमेरिका, क्यानडा, बेलायत, युरोपीयन मुलुक र छिमेकी देश भारतले पनि उच्च सतर्कता अपनाउन सुरु गरेका छन्।  यसै क्रममा नेपालले पनि नयाँ भेरियन्टको जोखिम रोक्न तयारी थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्ट देखिएको भन्दै रोकथामका लागि तयारी थालेको हो। भेरियन्टको...

  • २०७८ मङ्सिर ८, बुधबार

    विद्यार्थीलाई विद्यालयमै खोप उपलब्ध गराउने तयारी

    ८ मंसिर, काठमाडौं - सरकारले सबै विद्यार्थीलाई विद्यालयमै खोप दिने व्यवस्था गर्न लागेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । बाह्र वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग छलफल गरेका थिए। छलफलका क्रममा स्वास्थ्यमन्त्री खतिवडाले १८ वर्षमुनिका...

Pages