स्वास्थ्य-मौसम
-
२०७९ आषाढ १, बुधबार
आज वाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं - सरकारले केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदी तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्क हुन...
-
२०७९ जेठ ३१, मंगलबार
आज मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं - हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश नं १ तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ। गण्डकी, बाग्मती तथा प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का...
-
२०७९ बैशाख २५, आइतबार
'निर्वाचनका दिन खोप सञ्चालन नहुने'
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कोरोना भाइरसविरुद्धको खोप अभियान नहुने जनाएकाे छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन गर्न कठिनाइ पर्ने भएकाले उक्त दिन खोप कार्यक्रम स्थगित गरिएको बताइन् । यसअघि मन्त्रालयले मतदान केन्द्रमा नै खोप केन्द्र सञ्चालन गर्ने तयारी...
-
२०७८ चैत्र १५, मंगलबार
हावाहुरीसहित वर्षाको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित ÷चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको...
-
२०७८ चैत्र ११, शुक्रबार
हल्का वर्षाको सम्भावना
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही सथानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अन्य...
-
२०७८ चैत्र १०, बिहिबार
आज यी स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना
काठमाडौं - देशका पहाडी र हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आजकाे मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेकाे माैसमविद्ले जानकारी दिएका छन् । अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम...
-
२०७८ चैत्र ६, आइतबार
९३ प्रतिशत नेपालीले कोभिडविरुद्धको खोप लगाए
काठमाडाैं - हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो । यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ । यो कूल लक्षित जनसङ्ख्याको ८१.२ प्रतिशत हो । साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख...
-
२०७८ चैत्र १, मंगलबार
देशभर तापक्रम बढ्ने क्रममा, सर्तक रहन मौसम महाशाखाकाे सुझाव
काठमाडाैं - देशको पहाडी भू–भागमा आंशिक बदली भएकाले आज बिहान अन्य भू–भागमा मौसम सामान्यतयाः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली र अरु ठाउँमा दिउँसो मौसम सामान्यतयाः सफा रहनेछ । त्यस्तै राती देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतयाः सफा रहने जनाइएको छ । नेपालको मौसममा बंगलादेश तथा आसपासका क्षेत्रमा रहेको निम्न...
-
२०७८ फाल्गुण ८, आइतबार
पोखरामा बाक्लो असिना पानी
फागुन ८, काठमाडौं - पोखरामा आइतबार दिउँसो परेको बाक्लो असिनाको कारण पोखराको मुख्य बजार महेन्द्रपुल, न्युरोड, नयाँ बजार क्षेत्र जाम भएको थियो। सकडमा गुडेका मोटरसाइकल पनि बाक्लो हिउँको कारण चिप्लिएर लडेका थिए। हिउँजस्तै बाक्लो असिनाको कारण बाटो अवरुद्ध हुँदा स्थानीयले साबेलले आ-आफ्नो पसल अगाडि असिना पन्छाएका थिए। सडकमा हिँड्नु बटुवा पनि बाक्लो असिनाको कारण चिप्लेका थिए। पोखरामा यति बाक्लो असिना...
-
२०७८ फाल्गुण ३, मंगलबार
नेपालमा थप ६८० जनामा कोरोना संक्रमण
फागुन ३, काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ६८० जनामा कोरोना संक्रमण थपिएको छ । ७ हजार ९५ जनाको स्वास्थ्य परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ४ हजार २५६ जनाको पीसीआर र २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ४९८ र एन्टिजेन परीक्षणबाट १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा १ हजार...
-
२०७८ माघ २९, शनिबार
हजारभन्दा कममा पुग्यो कोरोना संक्रमितको संख्या
माघ २९, काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा नायाँ कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार पीसीआर तथा एन्टिजेन परीक्षणबाट पछिल्लो २४ घण्टामा ८३६ जना कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार २६० जनाको पीसीआर परीक्षण गर्दा ४९१ जनामा र २ हजार ३९४ को एन्टिजेन परीक्षण गर्दा ३४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...
-
२०७८ माघ २६, बुधबार
थपिए २४०१ जना कोरोना संक्रमित, थप १४ जनाको मृत्यु
माघ २६, काठमाडौं - नेपालमा थप २४०१ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप ७ हजार ७७७ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप १४ संक्रमितको मृत्यु भएको छ। नेपालमा हालः ३० हजार २४१ सक्रिय संक्रमित रहेका छन्।


