STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालमा भेटिए ‘मंकीपक्स’का शङ्कास्पद बिरामी

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २, बिहिबार

काठमाडौँ - नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् ।

काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको हो । दुबईबाट हालै नेपाल आएका ती युवकलाई टेकु अस्पतालमै भर्ना गरेर उपचार गरिरहेको एक चिकित्सकले बताए ।

अस्पतालको स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा ‘मंकीपक्स’ भाइरस सङ्क्रमणको आशङ्का गरेर टेकु पठाएको थियो ।

Categorized in स्वास्थ्य-मौसम