STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज मेघगर्जनसहित वर्षाको सम्भावना

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ३१, मंगलबार

काठमाडौं -  हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश नं १ तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ। गण्डकी, बाग्मती तथा प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित  हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मंगलबार प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली  बाँकी भू-भागहरूमा आंशिक देखि मौसम सफा रहनेछ । प्रदेश नं १ का धेरै, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा मधेस प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

वर्षा हुने स्थानमा आवश्यक सतर्कता अपनाउन हुन सबैमा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । प्रदेश नं १ तथा मधेस प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको तराइका भू-भागहरूमा तापक्रम बढ्दो क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

Categorized in स्वास्थ्य-मौसम