STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालमा थप ६८० जनामा कोरोना संक्रमण

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण ३, मंगलबार

फागुन ३, काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ६८० जनामा कोरोना संक्रमण थपिएको छ ।

७ हजार ९५ जनाको स्वास्थ्य परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ हजार २५६ जनाको पीसीआर र २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षणबाट ४९८ र एन्टिजेन परीक्षणबाट १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा १ हजार ८३५ जनाले कोरोनालाई जितेका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा थप २०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार उपत्यकामा थप २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौंमा १७०, ललितपुरमा २४ र भक्तपुरमा १५ संक्रमित थपिएका हुन्।

योसँगै अहिले उपत्यकामा ७ हजार ९०५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

त्यसमध्ये काठमाडौंमा मात्रै ४ हजार १८८, ललितपुरमा २ हजार ६०४ र भक्तपुरमा एक हजार ११३ जना सक्रिय संक्रमित छन्।

आज थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०२ पुगेको छ । अहिले देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित छन्।

 

Categorized in स्वास्थ्य-मौसम