STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

देशभर तापक्रम बढ्ने क्रममा, सर्तक रहन मौसम महाशाखाकाे सुझाव

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १, मंगलबार

काठमाडाैं - देशको पहाडी भू–भागमा आंशिक बदली भएकाले आज बिहान अन्य भू–भागमा मौसम सामान्यतयाः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली र अरु ठाउँमा दिउँसो मौसम सामान्यतयाः सफा रहनेछ । त्यस्तै राती देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतयाः सफा रहने जनाइएको छ ।

नेपालको मौसममा बंगलादेश तथा आसपासका क्षेत्रमा रहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदकाे भनाइ छ ।  महाशाखाले जारी गरेको बिहानी बुलेटिनअनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । राति पनि मौसमको अवस्था यस्तै रहने बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा एक वा दुई स्थानमा अपराह्नतिर मेघगर्जन/चटयाङसहित हल्का वर्षा हुने सम्भावना छ ।

बुधबार राति पहाडी भेगमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाको बुलेटिनअनुसार बिहीबार दिउँसो तथा राति देशभर मौसम सामान्यतया सफा रहने छ ।

यसैबीच अहिले देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुने असरबाट बच्न मौसम महाशाखाले सुझाव दिएको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ : देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

Categorized in स्वास्थ्य-मौसम