STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज यी स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १०, बिहिबार

काठमाडौं - देशका पहाडी र हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आजकाे मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेकाे माैसमविद्ले जानकारी दिएका छन् ।

अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज राति पहाडी र हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा राति मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले जनाएकाे छ ।

Categorized in स्वास्थ्य-मौसम