STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

स्वास्थ्य-मौसम

  • २०७९ माघ ६, शुक्रबार

    प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले गरे अङ्गदान गर्ने घाेषणा

    काठमाडाैँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गर्नुभएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज यहाँ आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो । सो अवसरमा...

  • २०७९ पौष २३, शनिबार

    कोरोनाबाट एक जनाको निधन

    काठमाडौं - कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको हो । नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् । हाल २१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

  • २०७९ पौष २३, शनिबार

    आज काठमाडौं उपत्यकामा यो वर्षकै जाडो

      काठमाडौं - काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा न्यून भएको छ । शनिबार काठमाडौंमा सबैभन्दा जाडो अनुभव गरिएको हो । मौसमविदहरुको अनुसार आज काठमाडौंको तापक्रम यो वर्षकै न्यून मापन गरिएको छ । शनिबार बिहान काठमाडौं उपात्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रहेको मौसमविदहरुले जनाएका छन् । दिउँसो मौसममा केही सुधार आउने अनुमान गरिएको छ । उपत्यकाका डाँडाहरुमा हुस्सु र कुहिरो लागेका कारण...

  • २०७९ पौष १५, शुक्रबार

    आज देशका चारवटा प्रदेशमा वर्षा हुने

    काठमाडौं - आज शुक्रबार दिउँसो देशका चारवटा प्रदेशमा वर्षाको सम्भावना छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि छ। देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा महाशाखाको अनुमान...

  • २०७९ पौष १३, बुधबार

    ‘वि एफ ७’ भेरियन्ट बढी सङ्क्रामक

    काठमाडाैं- छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘वि एफ ७’ नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरुमा सार्ने खालको रहेको जनाएको छ । मन्त्रालयकै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अध्ययनअनुसार...

  • २०७९ पौष १३, बुधबार

    देशभर चिसो बढ्यो

    काठमाडाैं - विगत केही दिनयतादेखि देशभरको तापक्रम क्रमिकरूपमा घट्दै गएपछि चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचरले जनाएको छ । विभागका अनुासर आज काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । मङ्गलबारभन्दा आज चिसो धेरै बढेको बताइएको छ । मङ्गलबार काठमाडौँको तापक्रम चार दशमलव चार डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री...

  • २०७९ पौष ९, शनिबार

    सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडाैं - नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो ।  यसैगरी मन्त्रालयले भौतिक दूरीसमेत कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा डा सञ्जयकुमार ठाकुरद्वारा...

  • २०७९ पौष ७, बिहिबार

    नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन : स्वास्थ्य मन्त्रालय

    काठमाडाैं - नेपालमा छिमेकी मुलुकमा देखिएका कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले छिमेकी मुलुकमा देखिएको वी.एफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट नेपालमा फेला नपरेको जानकारी दिए। उनका अनुसार एक महिनामा देशका विभिन्न ठाउँबाट सङ्कलन गरिएका नमुनाको ‘जिन सिक्वेन्सिन’ गर्दा वीएफ ७ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो । राष्ट्रिय...

  • २०७९ मङ्सिर १, बिहिबार

    निर्वाचनको दिन मङ्सिर ४ गते देशभरको मौसम कस्तो होला त ?

    काठमाडाैं- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मङ्सिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मङ्सिर २ देखि ४ गतेसम्मको प्रारम्भिक मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै निर्वाचनको समयमा मौसम सफा रहने जनाएको हो । निर्वाचनका दिन र त्यसको दुई दिनअघिको मौसम...

  • २०७९ कार्तिक ११, शुक्रबार

    याे साता हल्का हिमपात र वर्षाकाे सम्भावना

    काठमाडाैँ - आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भू–भागमा साताको अन्त्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । विभागका अनुसार अधिकांश...

  • २०७९ कार्तिक ३, बिहिबार

    छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    काठमाडौं - सरकारले आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको हो । त्यस्तै एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । बुधबार देशभरका बालबालिकालाई औषधि खुवाइएको भए पनि छुटेकालाई आज पनि औषधि खुवाइने भएको हो । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो ।...

  • २०७९ आश्विन १९, बुधबार

    आज देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना

      काठमाडौं - अहिले नेपालमा दक्षिण–पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले अहिले प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ । महाशाखाले प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश का केही, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका...

Pages