
काठमाडाैं उपत्यकामा वर्षा
Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण १४, आइतबार

काठमाडौं - काठमाडाैं उपत्यकामा कालो बादलसहित पानी पर्न थाल्दा दिउँसै अँध्यारो भएको छ। विहान माैसम घमाइलाे भए पनि दिउँसाे एक्कासी माैसममा बदली भएकाे हाे ।पाेखरामा भने दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भएको हो।
लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहात मिलेकाे छ । तर असिना पानीले गर्दा तोरी, गहुँ, फापर र तरकारीबालीलाई क्षति पुर्याएको छ। असिनाले पोखरा-३० गगनगौडा, पोखरा- ३२ मालमुलफाँट र भरतपोखरी लगायत क्षेत्रमा पाक्न लागेको हिउँदे खेतीलाई नोक्सान पुर्याएको थियो।
Categorized in स्वास्थ्य-मौसम