
स्वास्थ्य-मौसम
-
२०८० मङ्सिर १२, मंगलबार
पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का...
-
२०८० कार्तिक २२, बुधबार
दिल्लीको वायु प्रदूषण नेपाल भित्रियो
काठमाडौँ - छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीमा अहिले वायु प्रदूषणले जनजीवन निकै प्रभावित बनेको छ । प्रदूषणले वायुको गुणस्तर सूचांक उच्च भएपछि निजी सवारी साधनको प्रयोगमा रोक लगाइएको छ भने विद्यालयहरू पनि बन्द गरिएका छन् । दिल्लीको प्रदुषण फैलाउने हावा पश्चिम नेपालको धनगढीलगायत तराईका जिल्लामा प्रवेश गरिसकेकाले वायुको वेग परिर्वतन नभए त्यसको असर अबको केही दिनमा काठमाडौंसम्म नै पर्ने देखिन्छ ।...
-
२०८० आश्विन १२, शुक्रबार
काठमाडौमा बढे डेँगुका बिरामी
काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकामा डेँगु सङ्क्रमणका बिरामी बढेका छन् । एक हप्तादेखि ३२ वटै वडामा डेँगुका बिरामी बढेका महानगर स्वास्थ्य विभागले जानकारी दिएको छ । विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेँगुका बिरामी नगन्य मात्रामा थिए तर अहिले विस्तारै बिरामी बढिरहेका छन् । डेँगु सङ्क्रमण नियन्त्रणका लागि कामपाले यस वर्ष पहिलो पटक ...
-
२०८० आश्विन ८, सोमबार
भाइरल ज्वरोले दुईको मृत्यु
बाजुरा, खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीको माटेसागुमा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सो वडाकी ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाही रहेको स्थानीय दीर्घबहादुर शाहीले जानकारी दिनुभयो । भाइरल ज्वरोका कारण बुढाको चार दिन पहिले र शाहीको आइतबार मृत्यु भएको उहाँले जानकारी दिनुभयो । गाउँमा रहेका एक सय ६० बढी परिवारका सबै घरमा बिरामी परेका छन् । भाइरल...
-
२०८० भाद्र १७, आइतबार
आज मधेश, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम पूर्वानुमान् महाशाखाले आज देशका चार प्रदेश मधेश, बागमती, गण्डकी र लुम्बिनीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाकाअनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर अवस्थित छ। यो सहित बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत नेपालमा आंशिक प्रभाव रहेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा...
-
२०८० श्रावण २८, आइतबार
आज देशभर पूर्ण बदली रहनेछ
काठमाडौँ– मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर ९नेपाल नजिक० अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर(पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बामगती, गण्डकी, लुम्बिनी प्रदेशका केही कर्णाली प्रदेशको थोरै र बाँकी...
-
२०८० श्रावण २१, आइतबार
आँखा पाक्ने रोगले धमाधम विद्यालय बन्द
धनुषा - आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि धनुषाका विद्यालय धमाधम बन्द भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी विज्ञप्तिअनुसार साउन २१ गतेदेखि २६ गतेसम्म उपमहानगरभित्रका सम्पूर्ण सामुदायिक तथा...
-
२०८० श्रावण १२, शुक्रबार
डेंगुले महामारीको रूप लिने खतरा
काठमाडौ - वर्षात् शुरू नहुँदै देखिएको सुनसरीबाट फैलिएको डेंगुले महामारीको रूप लिने खतरा बढेको छ । गत वर्ष काठमाडौंबाट फैलिएको डेंगुले देशैभरि महामारीको रूप लिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सन् २०२३ जुलाई २४ सम्म ६९ जिल्लामध्ये सुनसरीमा सबैभन्दा बढी अर्थात् २ हजार ५ सय ४२ जनालाई डेंगु लागिसकेको छ । जनवरीमा ६ जना डेंगुका...
-
२०८० आषाढ २३, शनिबार
कीर्तिपुरमा लियो क्लब अफ काठमाडौं कीर्तिपुरद्वारा फ्री बेसिक हेल्थ क्याम्प
लियो क्लब अफ काठमाडौं कीर्तिपुरको आयोजनामा कीर्तिपुरमा फ्री बेसिक हेल्थ क्याम्प सम्पन्न भएको छ । आज असार २३ गते शनिबार बिहान कीर्तिपुर १ वडास्थित बाघभैरव प्राङ्गणको प्रजा दबलीमा भएको उक्त फ्री बेसिक हेल्थ क्याम्प कार्यक्रममा ११० जना स्थानीय बासिन्दाहरुले उक्त बेसिक हेल्थ फ्री क्याम्पमा आ–आफ्नो स्वास्थ्य परीक्षण गरिएको जानकारी कीर्तिपुरका युवा समाजसेवी राजकमल महर्जन सुनिलले जानकारी दिनुभयो ।...
-
२०८० आषाढ २२, शुक्रबार
केन्द्रीय कारागारमा १५ देखि २० प्रतिशत मानसिक रोगी
केन्द्रीय कारागारमा रहेको केन्द्रीय कारागार अस्पतालमा मानसिक रोगीको सङ्ख्या बढ्दै गइरहेको पाइएको छ । कारागारमा कैदीबन्दीहरू त्यत्तिकै बस्दा मानसिक रोग बढ्दै गएको अस्पतालले जनाएको छ ।कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश बुढाथोकीका अनुसार हृष्टपुष्ट कैदीबन्दीलाई सरकारले प्रयोग गर्न नसकेपछि कारागारमा मानसिक रोगी बढिरहेको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा करिब १५ देखि २० प्रतिशत...
-
२०८० आषाढ १७, आइतबार
उत्तिममानको पीडाः उपचारमै सकियो सम्पत्ति
जनकपुरधाम, १७ असार ९रासस० स् उमेरले ७० पुग्न लाग्दै गर्दा कुन बुबाको चाहना नहोला र दुःख बिसाउने र सुखको श्वास फेर्ने । जीवनको उत्तरार्द्धमा सन्तानलाई सबै जम्मा लगाएर हलुङ्गो जीवन बाँच्ने धेरैको सपना पनि हुन्छ । यस्तै चाहना र सपना महोत्तरीको लोहरपट्टी नगरपालिका(९ बिनमा टोल खुटापिपरारीका उत्तिममान बिन ९मुखिया०सँग पनि थिए । तर, समय भने जस्तो कहाँ हुन्छ रु बाह्र छोरा, तेह्र नाती बुढाको धोक्रो...
-
२०८० आषाढ ८, शुक्रबार
मनसुन प्रणाली देशभर फैलियो
काठमाडौं - गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली आज देशभर फैलिएको छ । नेपालभर मनसुन फैलिन आगमनको दिनदेखि यस वर्ष नौ दिनको समय लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्ष मनसुन प्रणाली कोशी प्रदेश, मधेस र गण्डकी प्रदेशको पूर्वी भू–भाग र बागमती प्रदेशका अधिकांश भू–भागबाट आगमन भएको थियो । देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेको हुनाले आगामी तीन दिन असार ८ गतेदेखि १०...