STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वास्थ्य-मौसम

  • २०८० माघ २, मंगलबार

    लामो समयपछि पर्‍यो पानी

    काठमाडौँ - लामो समयपछि देशका विभिन्न ठाउँमा पानी परेको छ। जाडो मौसम सकिन लाग्दा पनि खडेरी नहटिरहेका बेला मंगलबार दिउँसो पूर्वी र मध्य नेपालमा पानी परेको छ।  मौसम पूर्वानुमान महाशाखाले मंगलबार दिउँसो काठमाडौँ उपत्यकासहितको मौसम बदली हुने अनुमान गरेको थियो। मंगलबार दिउँसो पूर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु तथा मध्य नेपालमा केही भागमा पनि पानी परेको छ। ...

  • २०८० पौष २३, सोमबार

    नेपालमा ७ जनामा जेएन.१ भेरियन्ट पुष्टि

    काठमाडौं - नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन.१ पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै ७ जनामा ओमिक्रोनको सवभेरियन्ट जेएन.१ पुष्टि भएको जानकारी दिएको छ। देशका विभिन्न भागबाट संकलित एन्टिजेन पोजिटिभ रहेका १६ वटा पीसीआरको जिनोम स्किवेन्सिङ गर्दा ७ जनामा उक्त भेरियन्ट पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। उनका अनुसार ती नमूनाहरू आइतबार...

  • २०८० पौष १८, बुधबार

    कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो, सतर्कता अपनाउनू : स्वास्थ्य मन्त्रालय

    काठमाडौं- कोभिड–१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । कोभिड-१९ को सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ । छिमेकी देश भारतमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ । नेपालमा पुष्टि नभइसके पनि संक्रमण फैलिने जोखिम छ । त्यसैले स्वास्थ्य मन्त्रालयले भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना...

  • २०८० पौष ५, बिहिबार

    काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन

      काठमाडौँ - काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियोभने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेले बताए । उनले भने, “काठमाडौँमा आज सबैभन्दा कम तापक्रम मापन भएको छ, यो अहिलेसम्मकै कम तापक्रम हो र यो अझै घट्ने सम्भावना...

  • २०८० मङ्सिर १२, मंगलबार

    पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का...

  • २०८० कार्तिक २२, बुधबार

    दिल्लीको वायु प्रदूषण नेपाल भित्रियो

    काठमाडौँ - छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीमा अहिले वायु प्रदूषणले जनजीवन निकै प्रभावित बनेको छ । प्रदूषणले वायुको गुणस्तर सूचांक उच्च भएपछि निजी सवारी साधनको प्रयोगमा रोक लगाइएको छ भने विद्यालयहरू पनि बन्द गरिएका छन् । दिल्लीको प्रदुषण फैलाउने हावा पश्चिम नेपालको धनगढीलगायत तराईका जिल्लामा प्रवेश गरिसकेकाले वायुको वेग परिर्वतन नभए त्यसको असर अबको केही दिनमा काठमाडौंसम्म नै पर्ने देखिन्छ ।...

  • २०८० आश्विन १२, शुक्रबार

    काठमाडौमा बढे डेँगुका बिरामी

    काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकामा डेँगु सङ्क्रमणका बिरामी बढेका छन् । एक हप्तादेखि ३२ वटै वडामा डेँगुका बिरामी बढेका महानगर स्वास्थ्य विभागले जानकारी दिएको छ । विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेँगुका बिरामी नगन्य मात्रामा थिए तर अहिले विस्तारै बिरामी बढिरहेका छन् । डेँगु सङ्क्रमण नियन्त्रणका लागि कामपाले यस वर्ष पहिलो पटक ...

  • २०८० आश्विन ८, सोमबार

    भाइरल ज्वरोले दुईको मृत्यु

    बाजुरा, खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीको माटेसागुमा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ ।     मृत्यु हुनेमा सो वडाकी ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाही रहेको स्थानीय दीर्घबहादुर शाहीले जानकारी दिनुभयो । भाइरल ज्वरोका कारण बुढाको चार दिन पहिले र  शाहीको आइतबार मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।     गाउँमा रहेका एक सय ६० बढी परिवारका सबै घरमा बिरामी परेका छन् । भाइरल...

  • २०८० भाद्र १७, आइतबार

    आज मधेश, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान् महाशाखाले आज देशका चार प्रदेश मधेश, बागमती, गण्डकी र लुम्बिनीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाकाअनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर अवस्थित छ। यो सहित बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत नेपालमा आंशिक प्रभाव रहेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा...

  • २०८० श्रावण २८, आइतबार

    आज देशभर पूर्ण बदली रहनेछ

    काठमाडौँ– मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर ९नेपाल नजिक० अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर(पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बामगती, गण्डकी, लुम्बिनी प्रदेशका केही कर्णाली प्रदेशको थोरै र बाँकी...

  • २०८० श्रावण २१, आइतबार

    आँखा पाक्ने रोगले धमाधम विद्यालय बन्द

      धनुषा - आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि धनुषाका विद्यालय धमाधम बन्द भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी विज्ञप्तिअनुसार साउन २१ गतेदेखि २६ गतेसम्म उपमहानगरभित्रका सम्पूर्ण सामुदायिक तथा...

  • २०८० श्रावण १२, शुक्रबार

    डेंगुले महामारीको रूप लिने खतरा

    काठमाडौ - वर्षात् शुरू नहुँदै देखिएको सुनसरीबाट फैलिएको डेंगुले महामारीको रूप लिने खतरा बढेको छ । गत वर्ष काठमाडौंबाट फैलिएको डेंगुले देशैभरि महामारीको रूप लिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सन् २०२३ जुलाई २४ सम्म ६९ जिल्लामध्ये सुनसरीमा सबैभन्दा बढी अर्थात् २ हजार ५ सय ४२ जनालाई डेंगु लागिसकेको छ । जनवरीमा ६ जना डेंगुका...

Pages