STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालमा ७ जनामा जेएन.१ भेरियन्ट पुष्टि

Janjati Khabar – Janjati Khabar | २०८० पौष २३, सोमबार

काठमाडौं - नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन.१ पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै ७ जनामा ओमिक्रोनको सवभेरियन्ट जेएन.१ पुष्टि भएको जानकारी दिएको छ।

देशका विभिन्न भागबाट संकलित एन्टिजेन पोजिटिभ रहेका १६ वटा पीसीआरको जिनोम स्किवेन्सिङ गर्दा ७ जनामा उक्त भेरियन्ट पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। उनका अनुसार ती नमूनाहरू आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो।

यससँगै सरकारले संक्रमण रोकथामका लागि सीमा नाकाहरूमा कडाइ गर्न निर्देशन दिएको छ। मन्त्रालयलले प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य कार्यालयमार्फत् आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर गर्न र  स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थालाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन अनुरोध गरेको छ।

Categorized in स्वास्थ्य-मौसम