
स्वास्थ्य-मौसम
-
२०८१ माघ १६, बुधबार
औषधिका नाममा भ्रामक प्रचार गर्नेलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिका नाममा भ्रामक प्रचार गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले दर्ता नभएका भिटामिन तथा खनिज मिश्रित न्युट्रास्युटिकल्सको सन्दर्भमा यस्तो निर्देशन दिएको हो । फर्मास्युटिकल बनावटका क्याप्सुल, ट्याबलेट तथा झोललाई न्युट्रास्युटिकल्स खाद्य वा आहारपूरक सामग्रीको रूपमा बिक्री गर्न नपाइने कानुनी व्यवस्था छ । तर, स्वास्थ्य...
-
२०८१ माघ ९, बुधबार
बढ्दै काठमाडौंको तापक्रम
काठमाडौं - देशका केही भूभागमा आज बदली र हिमपात हुने सम्भावना छ । देशभर मौसम मुख्यतया सफा रहँदा केही स्थानमा बदली हुने भएको छ । बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू...
-
२०८१ माघ १, मंगलबार
भक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
भक्तपुर - जिल्लाका १७ हजार छ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । आगामी माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले जानकारी दिए । भक्तपुरका चार...
-
२०८१ पौष २८, आइतबार
चीन र भारतमा देखिएको एचएमपी भाइरस के हो ?
काठमाडौं- पछिल्ला केही सातायता चीनका अस्पतालहरूमा मानिसहरूले मास्क लगाइरहेका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालहरूमा देखिएका छन् । ती तस्बिर तथा भिडियोहरूका आधारमा चीनमा ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी) को संक्रमण फैलिएको अनुमान गरिएको छ । एचएमपीभीका बिरामीहरूको चाप बढेसँगै चीनले खासगरी बालबालिकाहरूमा एचएमपीभी भाइरस संक्रमणका घटनामा वृद्धि भएको स्वीकार गरेको छ । तर यो मौसमी संक्रमण भएको चिनियाँ...
-
२०८१ पौष २८, आइतबार
यस्ता छन् तरुल र चाकु खानुको फाइदा
काठमाडौं- जाडोमा शरीरको तापक्रम स्थिर राख्न मानव शरीरलाई न्यानो बनाइराख्नुपर्ने पोषणविद्हरू बताउँछन् । सही खानपान तथा आवश्यक पोषक तत्वहरू प्राप्त भयो भने न्यानोपन महसुस हुने भएकाले जाडोमा शरीर न्यानो राख्न झोलिलो तथा पौष्टिक खानेकुरा बढी सेवन गर्नुपर्ने पोषणविद्हरू सुझाव छ । पोषणविद्का अनुसार जाडोमा शरीर न्यानो राख्न कार्बोहाइड्रेट, फ्याट, प्रोटिन, मिनिरल्स सबैको सन्तुलित मात्रामा भोजन गर्नुपर्छ...
-
२०८१ पौष ११, बिहिबार
भोलि र पर्सि यी प्रदेशमा पानी पर्ने
काठमाडौं - पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार दिउँसोबाट देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज विशेष सूचना जारी गरेर शुक्रबार दिउँसोबाट शनिबारसम्म पानी पर्ने सम्भावना बढेको हो । शुक्रबार र शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी...
-
२०८१ मङ्सिर २८, शुक्रबार
निजी अस्पतालका स्वास्थ्यकर्मीलाई सरकारीसरह सेवासुविधा लागू गर्न निर्देशन
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्युनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ । मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक निजी अस्पताललाई पत्र लेख्दै स्वास्थ्यकर्मीको सेवा सुविधा व्यवस्था गर्न भनिएको छ । त्यस्तै, तोकिएको समय भन्दाबढी कार्यको लागि अतिरिक्त...
-
२०८१ मङ्सिर २६, बुधबार
रेकर्ड तोड्दै काठमाडौँको तापक्रम ४ डिग्री सेल्सियससम्म पुग्यो
काठमाडौं - देशभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ। यसै क्रममा राजधानी काठमाडौँमा तापक्रमले दिनदिनै रेकर्ड तोडिरहेको छ। मंगलबार यस वर्षयताकै कम (५.५ डिग्री सेल्सियस) भएको काठमाडौँको न्यूनतम तापक्रमले आज (बुधबार) त्यो रेकर्ड तोडेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस देखिएको हो। त्यसो त...
-
२०८१ मङ्सिर २५, मंगलबार
चिसोले जनजीवन प्रभावित
महोत्तरी, २५ मङ्सिर : लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । धमाधम खेतीपाती लगाउने बेला मौसम चिसिँदै गएपछि काम अघि नसर्दा किसान विलखबन्दमा परेका छन् । “गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको काम धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइनभ्याइ...
-
२०८१ मङ्सिर १९, बुधबार
डेङ्गी सङ्क्रमण घट्दो क्रममा
चितवन, जिल्लामा डेङ्गीको सङ्क्रमण घट्दै गएको छ । यहाँका अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये दैनिक आठदेखि १० जनासम्ममा डेङ्गीको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दिनेश रुपखेतीका अनुसार डेङ्गी सङ्क्रमण तीव्र फैलिएको समयमा दैनिक ३० जनामा सङ्क्रमण पुष्टि हुने गरेकामा कात्तिकको अन्तिम सातादेखि यो सङ्ख्या घट्दै गएको हो । उहाँले भन्नुभयो, “प्रयोगशालाका...
-
२०८१ मङ्सिर १२, बुधबार
काठमाडौं उपत्यकाको तापक्रम र हावाको गुणस्तर घट्दै
काठमाडौं — देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बुधबार बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्योभने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको छ । विभागले आज सङ्घीय राजधानीको...
-
२०८१ कार्तिक ७, बुधबार
काठमाडौं उपत्यकाको तापक्रम १३ डिग्री सेल्सियससम्म झर्ने अनुमान
काठमाडौं- काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियससम्म झर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका छन्। मौसम महाशाखाले गरेको प्रक्षेपणअनुसार बिहीबार बिहान उपत्यकाको न्यूनतम तापक्रम १३ देखि १५ डिग्री सेल्सियसबीचमा रहने सम्भावना देखिएको हो। यस्तै बिहीबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम भने २६ देखि २८ डिग्री सेल्सियससम्म रहने आकलन मौसम महाशाखाले गरेको छ। बुधबार भने...