स्वास्थ्य-मौसम
-
२०८१ फाल्गुण २८, बुधबार
पर्याप्त वर्षा नहुँदा काठमाडौँको वायु प्रदूषण बढ्यो
काठमाडौँ - पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ । मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ । “मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,” मौसमविद् विनु महर्जनले भनिन्, “अझै तीन दिन यस्तै हुने देखिन्छ ।” ‘एयर...
-
२०८१ फाल्गुण १७, शनिबार
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा
काठमाडौं - हिउँद सकिनै लाग्दा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा शुक्रबार पानी परेको छ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा पानी परिरहेको छ भने पूर्वतर्फ कम प्रभाव रहेकाले पानी पनि कम परेको छ । शुक्रबार मध्यान्हसम्म सबैभन्दा बढी वर्षा बैतडीमा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत २४ घण्टामा बैतडीको डिलासैनीमा ३९ मिलिमिटर र गोठालपानीमा ३४...
-
२०८१ फाल्गुण १७, शनिबार
दुई सिफ्टमा शल्यक्रिया सेवा सुरु गर्दै वीर अस्पताल
काठमाडौं - वीर अस्पतालले आगामी सातादेखि दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित साप्ताहिक ब्रिफिङमा प्रवक्ता डा प्रकाश बुढाथोकीले यस्तो बताएका हुन्। उनले आवश्यक जनशक्ति, प्रयोगशाला तथा उपकरणको व्यवस्था गरी दुई सिफ्टमा सेवा बिस्तार गरिएको बताए। अस्पतालमा उपलब्ध हुने एमआरआई सेवा महिनामा दुई सय जनाले लिनसक्ने गरी थप गरिएको उनको भनाइ छ।...
-
२०८१ माघ २७, आइतबार
पश्चिमी वायुको प्रभावले आज तीन प्रदेशमा आंशिक बदली
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सोही वायुको प्रभावले आज आइतबार तीन प्रदेशमा आंशिक बदली भइरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानमा हल्का हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो र राति कोशी, बागमती, गण्डकी, कर्णाली र...
-
२०८१ माघ १६, बुधबार
औषधिका नाममा भ्रामक प्रचार गर्नेलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिका नाममा भ्रामक प्रचार गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले दर्ता नभएका भिटामिन तथा खनिज मिश्रित न्युट्रास्युटिकल्सको सन्दर्भमा यस्तो निर्देशन दिएको हो । फर्मास्युटिकल बनावटका क्याप्सुल, ट्याबलेट तथा झोललाई न्युट्रास्युटिकल्स खाद्य वा आहारपूरक सामग्रीको रूपमा बिक्री गर्न नपाइने कानुनी व्यवस्था छ । तर, स्वास्थ्य...
-
२०८१ माघ ९, बुधबार
बढ्दै काठमाडौंको तापक्रम
काठमाडौं - देशका केही भूभागमा आज बदली र हिमपात हुने सम्भावना छ । देशभर मौसम मुख्यतया सफा रहँदा केही स्थानमा बदली हुने भएको छ । बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू...
-
२०८१ माघ १, मंगलबार
भक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
भक्तपुर - जिल्लाका १७ हजार छ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । आगामी माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले जानकारी दिए । भक्तपुरका चार...
-
२०८१ पौष २८, आइतबार
चीन र भारतमा देखिएको एचएमपी भाइरस के हो ?
काठमाडौं- पछिल्ला केही सातायता चीनका अस्पतालहरूमा मानिसहरूले मास्क लगाइरहेका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालहरूमा देखिएका छन् । ती तस्बिर तथा भिडियोहरूका आधारमा चीनमा ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी) को संक्रमण फैलिएको अनुमान गरिएको छ । एचएमपीभीका बिरामीहरूको चाप बढेसँगै चीनले खासगरी बालबालिकाहरूमा एचएमपीभी भाइरस संक्रमणका घटनामा वृद्धि भएको स्वीकार गरेको छ । तर यो मौसमी संक्रमण भएको चिनियाँ...
-
२०८१ पौष २८, आइतबार
यस्ता छन् तरुल र चाकु खानुको फाइदा
काठमाडौं- जाडोमा शरीरको तापक्रम स्थिर राख्न मानव शरीरलाई न्यानो बनाइराख्नुपर्ने पोषणविद्हरू बताउँछन् । सही खानपान तथा आवश्यक पोषक तत्वहरू प्राप्त भयो भने न्यानोपन महसुस हुने भएकाले जाडोमा शरीर न्यानो राख्न झोलिलो तथा पौष्टिक खानेकुरा बढी सेवन गर्नुपर्ने पोषणविद्हरू सुझाव छ । पोषणविद्का अनुसार जाडोमा शरीर न्यानो राख्न कार्बोहाइड्रेट, फ्याट, प्रोटिन, मिनिरल्स सबैको सन्तुलित मात्रामा भोजन गर्नुपर्छ...
-
२०८१ पौष ११, बिहिबार
भोलि र पर्सि यी प्रदेशमा पानी पर्ने
काठमाडौं - पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार दिउँसोबाट देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज विशेष सूचना जारी गरेर शुक्रबार दिउँसोबाट शनिबारसम्म पानी पर्ने सम्भावना बढेको हो । शुक्रबार र शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी...
-
२०८१ मङ्सिर २८, शुक्रबार
निजी अस्पतालका स्वास्थ्यकर्मीलाई सरकारीसरह सेवासुविधा लागू गर्न निर्देशन
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्युनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ । मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक निजी अस्पताललाई पत्र लेख्दै स्वास्थ्यकर्मीको सेवा सुविधा व्यवस्था गर्न भनिएको छ । त्यस्तै, तोकिएको समय भन्दाबढी कार्यको लागि अतिरिक्त...
-
२०८१ मङ्सिर २६, बुधबार
रेकर्ड तोड्दै काठमाडौँको तापक्रम ४ डिग्री सेल्सियससम्म पुग्यो
काठमाडौं - देशभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ। यसै क्रममा राजधानी काठमाडौँमा तापक्रमले दिनदिनै रेकर्ड तोडिरहेको छ। मंगलबार यस वर्षयताकै कम (५.५ डिग्री सेल्सियस) भएको काठमाडौँको न्यूनतम तापक्रमले आज (बुधबार) त्यो रेकर्ड तोडेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस देखिएको हो। त्यसो त...


