STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुई सिफ्टमा शल्यक्रिया सेवा सुरु गर्दै वीर अस्पताल

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण १७, शनिबार

काठमाडौं - वीर अस्पतालले आगामी सातादेखि दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित साप्ताहिक ब्रिफिङमा प्रवक्ता डा‍ प्रकाश बुढाथोकीले यस्तो बताएका हुन्। उनले आवश्यक जनशक्ति, प्रयोगशाला तथा उपकरणको व्यवस्था गरी दुई सिफ्टमा सेवा बिस्तार गरिएको बताए।

अस्पतालमा उपलब्ध हुने एमआरआई सेवा महिनामा दुई सय जनाले लिनसक्ने गरी थप गरिएको उनको भनाइ छ।

उनले भने, ‘माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्युको निर्देशनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा आगामी सातादेखि दैनिक दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्नेगरी व्यवस्था मिलाइएको छ। त्यसैगरी, सेवा गरेको सुविधाका लागि प्रयोगशालामा उपकरण र जनशक्ति थप गरी सेवा बिस्तार गरिएको छ। साथै एमआरआई सेवाको क्षमता पनि महिनामा दुई सय जनाभन्दा बढीले सेवा लिन पाउने गरी व्यवस्था गरिएको छ।’

उनले देशभरका १७ वटा संघीय अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेका चार सय ८४ वटा उपकरण मर्मत गरी सञ्चालनमा ल्याइएको पनि जानकारी दिए।

डा। बुढाथोकीले भने, ‘देशभरका १७ वटा ठूला संघीय अस्पतालमा बिग्रिएका वा प्रयोगविहीन अवस्थामा रहेका उपकरण मर्मतका लागि गत भदौ ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी पत्रमा अस्ताक्षर भएको थियो। सोही सम्झौता बमोजिम हालसम्म ४८४ वटा उपकरणको मर्मत कार्य भइसकेको छ।’

प्रवक्ता डा। बुढाथोकीले नेपाल सरकारको राष्ट्रिय खोपमार्फत प्रदान गरिने खोप सुरक्षित र प्रभावकारी रहेको दाबी गरे। उनले सेवा सुविधाको माग राखेर आन्दोलनरत चिकित्सकहरूको माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल चिकित्सक संघबीच ९ बुँदे सम्झौता भएको पनि बताए।

Categorized in स्वास्थ्य-मौसम