STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज चट्याङसहित पानी पर्ने र हिमपातकाे सम्भावना

Janjati Khabar – Janjati Khabar | २०७८ माघ २१, शुक्रबार

माघ २१, काठमाडौं - आज देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा ठूलै पानी पर्न सक्ने  मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको हुन सक्छ । भाेलि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।

देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम प्रभावित हुने महाशाखाकाे अनुमान छ ।

Categorized in स्वास्थ्य-मौसम