STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खोपको सुनिश्चितता अहिलेको आवश्यकता : राज्यमन्त्री श्रेष्ठ

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ११, सोमबार

काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले चाँडै नै सेवामूलक अस्पताल खोल्ने बताएका छन् ।

शिक्षा तथा स्वास्थ्य समितिको कोभिड–१९को वर्तमान स्थिति र सम्भावित तेस्रो लहरको सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री श्रेष्ठले कोभिडको महामारीमा समेत जनताले चर्को शुल्कमा उपचार गर्नु परिरहेको भन्दै कम शुल्कमा बढी सेवा दिने खालको अस्पताल खोल्ने आफ्नो चाहना रहेको बताए ।

मन्त्री श्रेष्ठले खोपको सुनिश्चितता प्रदान गर्नु अहिलेको आवश्यकता भएको भन्दै चाँडोभन्दा चाँडो सबै नागरिकलाई खोप उपलब्ध गराइने बताए ।

मन्त्री श्रेष्ठले कोभिडको सङ्क्रमणका बेला अग्र पङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहनबापत दिने भनिएको रकम छिट्टै उपलब्ध गराइने बताए ।

उनले शिक्षक, प्राध्यापकहरूका लागि चाँडै नै खोप उपलब्ध हुने बताए । बैठकमा सांसदहरुले कोभिडको तेस्रो लहर आउनुभन्दा अगावै सबै नागरिकलाई खोप लगाउनु पर्ने र आवश्यक सबै तारतम्य मिलाउनुपर्नेमा जोड दिए ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस्तै अवस्था कायम रहे असोज/कार्तिकसम्ममा कोभिडको तेस्रो लहर सुरु हुन सक्ने बताउँदै त्यसका लागि आवश्यक पूर्व तयारी गर्नुपर्नेमा जोड दिए ।

Categorized in स्वास्थ्य-मौसम