STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

२४ घण्टामा थपिए ३४२१ संक्रमित, २५ को मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ११, सोमबार

नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १७ हजार २ सय ७२ जनाको परीक्षण गरिएको थियो । जसमा पीसीआर विधिबाट १२ हजार २ सय ४० र एन्टिजेनबाट ५ हजार ३२ को परीक्षण गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६८६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २५ जनाको मृत्यु भएको छ ।

Categorized in स्वास्थ्य-मौसम