STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंमा १८ वर्षभन्दा माथिकाले जोन्सन एण्ड जोन्सनको खोप पाउने

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ६, बुधबार

काठमाडौं - काठमाडौंमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप पाउने भएका छन् ।

दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्दा पनि झण्डै एक लाख डोज खोप बाँकी रहेपछि ती खोप १८ वर्षभन्दा माथिका नागरिकलाई दिने निर्णय गरेको हो ।

यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई लगाउन शुरु गरिएको थियो ।

अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत गत असार २८ गते जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप नेपाललाई दिएको थियो ।

Categorized in स्वास्थ्य-मौसम