STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप ४४७ मा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक १७, बुधबार

१७ कात्तिक, काठमाडौं - पछिल्लो २४ घण्टामा ४ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९ सय १३ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ६ हजार ५ सय ७७ को पीसीआर र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

सोही अवधिमा ४ सय ३९ जना संक्रमितहरू उपचारपछि डिस्चार्ज भएका छन् । हाल ९ हजार १ सय २३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Categorized in स्वास्थ्य-मौसम