STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चीनमा पनि देखियाे ओमिक्राेन भेरिएन्ट

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर २८, मंगलबार

२८ मंसिर, एजेन्सी - चीनमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको छ । उत्तरी शहर तियानजिङमा पहिलो संक्रमित फेला परेका हुन् ।

विदेशबाट आएका एक व्यक्तिमा डिसेम्बर ९ गते ओमिक्रोन पुष्टि भएको चिनियाँ अधिकारीले बताएका छन् । हाल क्वारेन्टीनमा राखेर संक्रमित व्यक्तिको उपचार भइरहेको छ ।

पूर्वी प्रान्त झेजियाङमा पछिल्ला हप्ता डेल्टा भेरियन्टका संक्रमित बढिरहेको देखिन्छ । डेल्टा भेरियन्टको बढ्दो संक्रमणसँगै ओमिक्रोन भेटिएपछि कोभिड संक्रमण शून्यमा झार्ने चिनियाँ रणनीतिसामु ठूलो चुनौती खडा हुन सक्ने बताइएको छ ।

पहिलो पटक दक्षिण कोरियामा पहिचान गरिएको ओमिक्रोन चीनसहित हालसम्म ६० भन्दा बढी मुलुकमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ‘चिन्ताजनक भेरियन्ट’ भनिसकेको ओमिक्रोनबाट बेलायतमा एकजनाको मृत्यु भएको छ ।

यसैबीच, डब्ल्यूएचओले ओमिक्रोन भेरियन्टले उच्च जोखिम सिर्जना गरेको बताएको छ । यो भेरियन्ट भेरियन्टले विश्वभर जोखिम निम्त्याउन सक्ने र केही प्रमाण हेर्दा खोपको प्रभावकारिता छल्न सक्ने देखिएको डब्ल्यूएचओको भनाइ छ ।

ओमिक्रोन कति संक्रामक छ, यसले संक्रमितलाई गम्भीर अवस्थामा पु¥याउँछ वा पु¥याउँदैन र खोपले काम गर्ने वा नगर्नेबारे अझै पूर्ण विवरण आइसकेको छैन । तर प्रारम्भिक प्रमाणले डेल्टाभन्दा कम संक्रामक देखिएको, यसका लक्षण सामान्य रहेको र खोपको बुस्टर डोजले काम गर्न सक्ने देखाउँछन् ।

Categorized in स्वास्थ्य-मौसम