STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालमा ओमिक्रोन भेरियन्ट देखिएका दुईजना संक्रमणमुक्त

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर २२, बुधबार

नेपालमा ओमिक्रोन भेरियन्ट देखिएका दुईजना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार गरिएको कोरोना परीक्षणमा ६६ र ७१ वर्षका दुवै विदेशी नागरिकको रिपोर्ट नेगेटिभ आएको छ । 

स्वास्थ्य मन्त्रालयले अफ्रिका हुँदै ३ मंसिरमा नेपाल आएका दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताएको थियो । उनीहरूको सम्पर्कमा रहेका ६६ जनाको पीसीआर रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ । 

नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए । 

नेपाल आउँदा पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो । ६६ वर्षीय नागरिकको सम्पर्कमा रहेका ७१ वर्षीय व्यक्तिमा कोभिडसँग मिल्ने लक्षण देखिएपछि परीक्षण गर्दा पोजिटिभ आएको थियो ।

उनीहरूको पीसीआर पोजिटिभ आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा १९ मंसिरमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । 

ती दुई नागरिकको नाम र देश भने मन्त्रालयले सार्वजनिक गरेको छैन । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पहिलोपटक २४ नोभम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । 

Categorized in स्वास्थ्य-मौसम