STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

देशभरको तापक्रम घट्दै

Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक २३, मंगलबार

२३ कार्तिक, काठमाडौं - नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन । मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

बुधबार दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । तर, पछिल्लो २४ घन्टामा पानी पर्ने प्रणालीको विकास नभएको महाशाखाले जानकारी दिएको छ ।

आकाश पूर्णरूपमा खुल्दा मुलुकभरको तापक्रम घट्दै गएको छ । तापक्रम घट्दो क्रममा रहँदा जाडो बढेको महशुस हुन थालेको छ ।

महाशाखाका अनुसार सोमबार सबैभन्दा कम तापक्रम जुम्लामा न्यूनतम तापक्रम माइनस १ दशमलव शून्य (अर्थात् –१.०) डिग्री सेल्सियस पुगेको छ। यसपछि दोलखाको जिरीमा सोमबार न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस पुगेको छ।

काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम पनि सरदर ९ प्रतिशतमा झरेको छ । सोमबार काठमाडौँ उपत्यकाको तापक्रम ९.२ प्रतिशत मापन गरिएको छ ।

Categorized in स्वास्थ्य-मौसम