STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विद्यार्थीको लागि विद्यालयमै खोप केन्द्र

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर २२, बुधबार

मंसिर २२, २०७८ - सरकारले विद्यार्थीको लागि लक्षित गरेर विद्यालयमै खोप केन्द्र राख्ने भएको छ । मोडर्ना र फाइजरको खोप १२ देखि १८ वर्षसम्मका बालबालिकालाई लगाउने सरकारको तयारी छ । ‘१२ देखि १८ वर्षसम्मका लगि विद्यालयमै खोप केन्द्र राख्ने तयारी छ,’ परिवार कल्याण महाशाखाका प्रमुख डा‍. विवेककुमार लालले भने ।

विद्यार्थीका लागि लगाइने कोरोना भाइरसविरुद्धको मोडर्नाकाे १४ लाख ९७ हजार डोज खोप बिहीबार नेपाल आइपुग्दै छ । यही साता थप १९ लाख ६५ मोडर्नाको खोप आउने तालिका रहेको महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख लालले ओमिक्रोन भेरियन्टविरुद्ध पनि खोपले काम गर्ने बताए । ‘अहिलेसम्म जति पनि भेरियन्ट आएका छन् । विश्व स्वास्थ्य संगठनबाट प्रभावकारी छ भनेको छ । अध्ययन अनुसन्धान पनि भइरहेको छ,’ उनले भने ।

तत्काल बुस्टर डोज लगाउने योजना नरहेको उनले बताए । ‘बुस्टर डोज विभिन्न मुलुकले लगाउन थालेको छ । तर विश्व स्वास्थ्य संगठनले बुस्टर डोजको लागि सिफारिस गरेको छैन । सम्भव भएसम्म बढी भन्दा बढी जनसंख्यालाई समेट्नुपर्छ अनि बुस्टोर डोजमा जाने हो,’ उनले भने ।

Categorized in स्वास्थ्य-मौसम