STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थप १० हजार ७०३ जनामा कोरोना पुष्टि, तीन जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ७, शुक्रबार

काठमाडौं, माघ ७ - नेपालमा थप १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको नमूना परीक्षण गर्दा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन् ।

प्रवक्ता मिश्रका अनुसार, काठमाडौंमा ४२७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

याेसँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६५ हजार ३ सय ७४ पुगेको छ ।

Categorized in स्वास्थ्य-मौसम